प्रिय भाइ
शहर आउँछु त भनेउ
तर, तिमीलाई सजग
बनाउँछु है
शहर सकस हो
संसारका सबै शहरहरु
सजाय हुन्
सम्पन्नताका रुपमा
सराप हुन्
शहर तिमी जस्तालाई
सताएर आफ्नो लागि
सपनाहरुको जाल बुन्छ
शहरका सडकहरु
तिम्रा होइनन्
तिमी बरु शहरका
सडक हुनेछौ
र शहरमा
इन्चिइन्चिमा नापिनेछौ
शहरको सडकमा
कित्ताकित्तामा चुडिेनछौं
शहरको कोलाहलमा
शून्यता महहुस गर्नेछौ
शहर तिमीले सपनामा
देखे जस्तो सु–शिक्षित छैन
शहर बहुत
सपाट छ, संकीर्ण छ ।
-अशोक शेरचन