-अशोक शेरचन
मनाङ हिमाल पारिको जिल्ला भनेर सानो सानोमा पढ्थ्यौं । मनाङसँग कैयौं वर्ष सम्म कुनै साइनो थिएन । बालापन, स्कुले र कलेज जीवन पछि जागिरे जीवनको पनि उत्तराद्ध तिर बल्ल मनाङसँग हिमचिम बढ्यो । जागिरे जीवनमा अनगिन्ती व्यक्तित्वसँग संगत हन्छ । यो नै जागिरे जीवनको सुन्दर पक्ष लाग्छ । यिनै व्यक्तित्वहरुको भिड मध्ये केहीले आफ्ना सपनाहरुका माध्यमबाट अमिट छाप छोड्छन् । आजन्म उनीहरु देख्दा श्रद्धाले शिर झुक्दछ । सपनाहरु जन्मन्छन् र मर्छन्, ठयाक्कै मानिसको जीवन जस्तै । सपनाहरुलाई मारेर आफू पनि मर्नेहरु यहाँ थप्रै छन् । तर, केही जो सपनालाई नै सफलताको खुड्किलो बनाएर अघि बढ्छन, सायद तिनीहरुनै सपनाका सौदागर भनेर चिनिन्छन् ।
मनाङेहरु आर्थिक रुपमा सम्पन्न हन्छन् भन्ने बुझाई सर्वस्वीकार्य नै छ । अप्ठेरो भुगोल, सीमित जनसंख्या र अवसर बिच पनि कसरी सम्भव भयो होला रु धेरैले यसको श्रेय त्यसबखतका राजाहरुलाई दिने गर्दछन् । तर, यिनको व्यवसायिक चेत र सर्मपण बिना सम्पन्नता पक्कै सम्भव थिएन । अहिले पनि त्यहाँ पुग्न भीरको बाटो घण्टौं मोटरमा गुड्न पर्छ । बाटोभरि जीवन र मरणको जम्काभेट नपुगुञ्जेल भईरहन्छ । मोटरबाटो अघिको बिकटता कस्तो थियो होला रु हामी सजिलै अनमान गर्न सक्दछौं । यही भगोलका एक भद्र, सम्पन्न, शालिन र काठमाण्डौंमै स्थापित एक व्यक्तित्वले जब माटोले बोलाएको सन्देश बोकेर मेरो सामु एक परियोजनाको प्रस्ताव बोकेर आए, म झसङ्ग भए । मेरो पहिलो प्रतिक्रिया र सुझाव थियो नफर्किनुस् । तर, उनको दृढताको अघि म नतमस्तक भए । उनी अर्थात् पोल्देन छोपाङ गुरुङ, मनाङको माटोले जन्माएको एक सपनाका सौदागर ।
- सपनाहरु जन्मन्छन् र मर्छन्, ठयाक्कै मानिसको जीवन जस्तै । सपनाहरुलाई मारेर आफू पनि मर्नेहरु यहाँ थप्रै छन् । तर, केही जो सपनालाईनै सफलताको खुड्किलो बनाएर अघि बढ्छन, शायद तिनीहरुनै सपनाका सौदागर भनेर चिनिन्छन् ।
घर्किदै गएको उमेर, पातलिदै गएको पारिवारिक जिम्मेवारी र अवकाश खोज्दै गरेको जीवनका लागी पोल्देनले कठिन बाटो रोज्दै थिए । बसाइँ सराइँ र अवसरहरुको अभावका कारणले मनाङका गाँउहरु रित्तिदै थिए । पर्यटकीय समयमा केही चहलपहल देखिए पनि अन्य बेला मस्र्याङ्दी नदीको सुसेली उराठ लाग्ने गथ्र्यो । उब्जाउ जमिन बिरलै रहेको मनाङे भूमिमा जौं र उवा बाहेक अन्य खाद्यान्न बालीको सम्भावना छैन । कृषिकर्म सजिलो पनि पक्कै हुँदैन । बाउबाजेको समयको स्याउ खेती झन् लगभग हराइसकेको थियो । त्यसैको आधुनिक र व्यवसायिक खेतीमा होमिन उनी दृढ संकल्पित थिए । हिमाली भेगमा व्यवसाथिक खेतीका लागी आवश्यक पर्ने क्षेत्रफलको जग्गा पाउन असम्भव जस्तै थियो ।
कृषि प्रधान हाम्रो देशमा निर्वाहमुखी खेतीपातीको बाहुल्यता छ । पहाड र तराईमा पनि व्यवसायिक खेती व्यवस्थित रुपमा कहिले गर्न सकेको देखिएन । यसको एउटा मुख्य कारणको रुपमा साना साना आकारका टुक्रे जग्गालाई पनि मान्ने गरिएको छ । हिजोआज त जग्गाको मूल्यले नै आकाश छोएको छ । समग्र परिस्थिति कृषिकर्मका लागी प्रतिकलनै छ । तर, उनीसँग बैकल्पिक योजना थियो शायद र त उनी दृढ देखिन्थे । छोराहरु मन नलागी नलागी बाउको सपनामा सम्मिलित हुँदै थिए । पढे लेखेका उनीहरु स्याउ खेतीका बारेमा अध्ययन र अनुसन्धान गर्न तल्लिन हुन थाले । भारत, चीन, युरोप, अमेरिका लगायतको भ्रमण र अध्ययन पश्चात उनीहरु यरोपमा केन्द्रित भए । यता मनाङमा जग्गाको खोजीमा लागेका पोल्देनले मस्र्याङ्दिको किनारमा आशाको किरण देखे ।
- वार्षिक २० लाख किलो सम्म स्याउ उत्पादन गर्ने सोच बोकेर अघि बढेका पोल्देनको सपनाले सार्थकता पाइसकेको छ । मनाङ मात्र हैन, आजकल स्याउ फल्ने अन्य जिल्लाहरुमा पनि यिनैले शुरुवात गरेका युरोपेली बोटहरुले स्थान पाउन थालेका छन् ।
मनाङ समाजको स्वामित्वमा मस्र्याङ्दि किनारको भार्ताङमा रहेको करीब ८०० रोपनी बलौटे जग्गा बार्षिक रु।बीस लाख तिर्ने गरि भाडामा लिए । स्याउ खेतीका लागी जग्गाको विकासमा अहोरात्र खटाई शुरु हुन थाल्यो । हिमपात, बाढी पहिरोका बिच ती भीरका बाटोहरु उनले कति पटक काठमाण्डौंबाट छिचोले, उनको सम्झनामा छैन । करीब २ बर्षको अविराम खटाई पछि परियोजनाले आकार लिन थाल्यो । स्याउका बोटहरु इटालीबाट आयात गर्न थालियो । १ रोपनीमा ६५ वटा बोटहरु रोपिए, जुन परम्परागत बोटका तुलनामा ४ गुणा थियो । रोपेको अर्को वर्ष देखिनै बोटले स्याउ फलाउन थाल्थ्यो, परम्परागत बोटले करीब ७ वर्ष लगाउथ्यो । व्यवस्थित, आधुनिक र बैज्ञानिक पद्धतिबाट दक्षिण एशियाकै ठुलो स्याउ खेतीले पूर्णता पाउदै गर्दा मनाङेहरुको सकारात्मक र नकारात्मक नजर उन्ले लिएको जोखिमका कारण उनी माथि नै थियो ।
काठमाण्डौंको पव संस्कृतिमा रमाईरहेका उन्का छोराहरु पनि स्याउको हेरचाहमा व्यस्त हनथालेका थिए । गल्फ र स्नकरका कल्वमा चलायमान हातहरु कृषि औजारहरु चलाउनमा पोख्त हनथाले । प्रविधिको सहजताले स्याउखेतीका नवीनत्तम जानकारीहरु उनीहरुबाट एक क्लिकमात्र टाढा हन्थ्यो । स्याउका बोटहरुमा फलहरु लाग्न थालेसंगै बाउको सपनाको सारथी बन्न पाएकोमा उनीहरु पुलकित बन्दै गएका थिए । बोटहरु रोपेको पहिलो वर्षमै फलहरु फल्न थालिसकेको थियो । अचम्मै माने सबैले रोपेको अर्को वर्षनै फल लागेको देखेर तर उनीहरु जानकार थिए । त्यो वर्षको फल बटिलामै टिपेर फाले किनकी बोटले ती फलहरुको बोझ थाम्न सक्ने भइसकेका थिएनन् । यही बिचमा उनीहरुले स्याउको प्रवद्र्धनमा स्थानीयसँग हातेमालो गर्न थाले । खाली रहेका जग्गाहरुमा स्याउको बोटहरु लगाउन उत्साहित गर्न थाले र संगै थप जग्गाको खोजी पनि गर्न थाले । स्थानीयलाई उत्पादित स्याउ उचित मूल्यमा किनिदिने विश्वास उनीहरुले दिएका छन् । हेर्दाहेर्दै बसाइँ सरेर गएकाहरु हिजोआज मनाङ फर्किन थालेका छन् ।
वार्षिक २० लाख किलो सम्म स्याउ उत्पादन गर्ने सोच बोकेर अघि बढेका पोल्देनको सपनाले सार्थकता पाइसकेको छ । मनाङ मात्र हैन, आजकल स्याउ फल्ने अन्य जिल्लाहरुमा पनि यिनैले शुरुवात गरेका युरोपेली बोटहरुले स्थान पाउन थालेका छन् । कमजोर पूर्वाधारहरुका कारण उत्पादन र बजारीकरण लागत निकै बढी पर्ने गर्दछ । आत्मानिर्भर नभएकाले बिदेशीसँगको प्रतिस्पर्धा निकै चर्को रहेको छ । आफ्नै आँगनमा उनले चिस्यान केन्द्र पनि बनाएका छन् । कुनै समय बाढी पहिरोले बाटोहरु बन्द हुदाँ स्याउहरु सड्ने गल्ने गर्दछन् । स्याउबारीको बिचमा स्वीस शैलीको रिसोर्ट पनि बनाएका छन् । करीब थप ५०० रोपनी जग्गामा स्याउ खेती शुरु गरिएको छ । परियोजनालाई चाहिने बिजुली बत्तीको जुगड आफैले लघुबिद्युत केन्द्रको स्थापना गरि गरेका छन् । पोल्देन यत्तिमा मात्र नरोकिएर उत्पादित स्याउले बजार नपाउला कि भनेर दशैको छेको पारेर वाइनको कोसेली लिएर आएका छन् । अर्थात् उनले केही वर्षको अध्ययन र अनुसन्धान पश्चात स्याउको स्वादमा ३५०० मिटरको उचाई भन्दा माथि उत्पादित मनाङ भ्याली ब्राण्डमा वाइनको शैलीहरु बोकेर आएका छन् ।
पोल्देनको यात्रा यत्तिकैमा रोकिएला या अरु बढी नवीन यात्राका रंगहरुमा उनी पोखिएलान् रु स्याउले उनलाई खाला वा उनले स्याउलाई खालान् रु गर्भमै छ, उनको अर्को चाल र गर्भमै रहन दिउँ शायद, सपनाका सौदागार जो ठहरिए ।