-अशोक शेरचन
नियतिको खेल भनौ कि
राजननीतिको झेल
तातो मरुभूमिमा पेलिदै थियौ
हिजो त तातै गोला बारुदमा परेछौ
मुग्लानको बसाइँ र परिवेश
न आमा भन्न पायौ, न बाबा
तिम्रो मृत शरीरलाई
रुङ्नेहरु को पो होलान् र ?
तिमी चाहिँ नरोए हैं
मर्दा नि कोहि भएनन् भनेर
तिमीलाई देखिरहेछौं हामी
माथि आकाशमा
तारा भई चम्किरहेको ।
देश आफैं बिरामी छ
मर्दै गर्दा देश नदुखाए है
यसरी नै हुन्छ
अलबिदा
देशबाट निरीहहरूको ।