यहाँ के नै बितेको छ ?

यहाँ के नै बितेको छ ?

-अशोक शेरचन

यहाँ के नै बितेको छ
न आकाश खसेको छ
न धर्ति भासिएको छ
किन रोकिन्छौ तिमी
अघि बढ
यहाँ के नै बितेको छ
तिमी हिँड्ने गोरेटोहरुको
निर्माणकर्ता तिमी नै हौ
तिम्रा हातपाउ सद्धे छन् त
किन रोकिन्छौ तिमी
अघि बढ
यहाँ कै नै बितेको छ ?

दौडन नसके पनि
घस्रन त सक्छौ नि
घस्रन चाहीँ नछोड
किन रोकिन्छौ तिमी
अघि बढ
यहाँ के नै बितेको छ
हार्न सिक, जित्न सिक
लडिन्छ जिन्दगीमा
लडे पछि उठ्न सिक
किन रोकिन्छौ तिमी
अघि बढ
यहाँ के नै बितेको छ ?