तरुनी बन्दीपुर

तरुनी बन्दीपुर

                    -अशोक शेरचन

आहा !
कति सौन्दर्यमयी नवयौवना
छिम्केश्वरीको शिरबिन्दू लगाएकी
रेशमे डाँडाको घुम्टो ओढेर
पुरानोकोट र मकुण्डेश्वरीरुपी
आफ्ना बक्षहरुलाई छोप्ने
असफल प्रयासमा
हिमऐनाहरुमा आफ्नै
स्वरुपलाई नियाल्दै लजाएकी
लोलाएका मृगनयनीहरु
भन्ज्याङ, देउराली गर्दा
थाकेका पाउहरु र मस्र्याङ्दी नदीको
छमछममा हराएझै लाग्ने
पाउजुका झंकारहरु
अलौकिक सुन्दरता लिएर
ऐश्वर्यमयी सौन्दर्यता पस्किदै
आगन्तुकहरुको आगमनको
आशामा दिनहुं श्रृंगार फेर्दै
अधिर प्रतिक्षामा बसेझै देखिन्छे
तरुनी बन्दीपुर ।